कतार एयरवेजबाट काठमाडौं आएकी थिइन् कोरोना संक्रमित युवती

काठमाडौं, १० चैत । कोरोना संक्रमण पुष्टि भएको युवती कतार एयरवेजको विमान चढेर नेपाल आएको पाइएको छ ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई आइतबार राति कोरोना संक्रमण भएको पुष्टि भएको थियो । काेराेना संक्रमण पुष्टि भएपछि उनी आइसोलेशन वार्डमा उपचारत छिन् । उनको परिवारका सदस्य क्वारेन्टाइनमा छन् ।

१९ वर्षीय युवती कतार एयरवेजको जहाजबाट ४ चैतमा नेपाल आएकी हुन् ।

नेपाल पर्यटन बोर्डले ४ चैत (मार्च १७) मा कतार एयरवेजबाट युवती नेपाल आएको बताएको छ ।

ट्वीटर मार्फत कतार एयरवेजबाट नेपाल आएको उल्लेख गर्दै बोर्डले सो विमानमा आएकाहरुलाई कडा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । रुघाखोकी वा ज्वरो आएमा तत्काल टेकु अस्पतालमा रिपोर्ट गर्न पनि आग्रह गरेको छ ।

Loading...