अस्थायी अस्पताल निर्माणको काम धमाधम

विराटनगर, १० चैत । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि ५० बेडको अस्थायी अस्पताल निर्माण सुरु गरेको छ ।

विराटनगरमा रहेको नेशनल ट्रेडिङको खाली रहेको भवनमा अस्थायी अस्पताल निर्माणको काम सुरु गरेको हो ।

अस्पताल ढिलोमा एक साताभित्र निर्माण गरिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमित भेटिए थप उपचारका लागि १० वटा भेण्टिलेटरसहित ५० शैय्याको अस्थायी अस्पताल एकसाता भित्र निर्माण निर्णय गरेको थियो ।

Loading...