धरान पनि लकडाउन

धरान, १० चैत । कोरोना संक्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास बढेपछि बजार तथा यातायात बन्द गर्ने निर्णय भएकाे धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् ।

लकडाउन भएपछि धरान जाने र आउने सवारी रोकिएका छन् । बजार पसलमा मानिसको आवागमन घटेको छ ।

Loading...