भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

विराटनगर, १० चैत । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सोमबार मुम्बइमा कोरोनाबाट ६८ वर्षीय व्यक्तिको मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको हो ।

फिलिपिन्सबाट आएका ती व्यक्तिको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।

यससँगै कोरोनाका कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ ।

भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४ सय २५ जनामा देखिएको छ । २४ जना भने कोरोनाबाट मुक्त छन् ।

Loading...