रियल मड्रिडमा रामोसको विकल्प खोजिँदै

एजेन्सी, १० चैत । स्पेनिस क्लब रियल मड्रिडले कप्तान सर्जियो रामोसको स्थानमा नयाँ खेलाडी ल्याउने भएको छ ।

डिफेन्डर रामोसको स्थानमा रियलले इटालियन क्लब इन्टर मिलानका स्टार खेलाडीलाई भित्र्याउने योजना बनाएको छ ।

३३ वर्षीय रामोस र रियलबीचको सम्झौता जुन २०२१ मा सकिँदैछ । खबरका अनुसार रामोससँग रियलले सम्झौता नवीकरण गर्न चाहेको छैन ।

यदि, रियलले स्पेनिस स्टार रामोससँग नयाँ सम्झौता नगरेमा उनको स्थान इन्टरका मिलान श्रृनियरले लिन सक्नेछन् ।

खबरका अनुसार रियलले २५ वर्षीय श्रृनियरलाई रामोसको स्थानमा ल्याउनेबारे छलफल गरिरहेको छ ।

स्लोभाकियन स्टार श्रृनियरको मूल्य इन्टरले ७० मिलियन युरो राखेको छ । इन्टरले श्रृनियरसँग सन् २०२३ सम्मको सम्झौता गरेको छ ।

Loading...