विराटनगरमा मंगलबारबाट अनिश्चितकालिन ‘लकडाउन’ आह्वान

विराटनगर, १० चैत । कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ ।

भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

काेराेना त्रास फैलिएपछि साेमबार महानगरले छलफल आयाेजना गरेकाे थियाे । सर्वपक्षिय छलफलमा लक डाउन गर्ने सुझाव आएकाे थियाे ।

साेमबार नै बसेकाे महानगरकाे कार्यपालिकाले लक डाउन गर्ने निर्णय गरेकाे मेयर पराजुलीले बताए । काेराेना त्रासका कारण नगरकै स्थानीयकाे सक्रियतामा लक डाउन गरिने पराजुलीले बताए ।

‘लकडाउन’ गर्दा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंकतथा वितियसंस्थासहितका अत्यावश्यस सेवाबाहेक अन्य सेवा बन्द हुनेछन् ।

Loading...