अमेरिकाले निकाल्यो ४५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने नयाँ प्रविधि

एजेन्सी, १० चैत । विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाको लक्षण सामान्य रुघाखोकीसँग मिल्दो जुल्दो भएका कारण मानिसमा रोग पहिचानमा ढिलाई भएका कारण भाइरस तीव्र गतिमा फैलिरहेको छ ।

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला अमेरिकाले परीक्षणले नयाँ प्रविधि निकालेको छ ।

कोरोना संक्रमणको परीक्षणमा ढिलाई नहोस भनेर सेफेड नामक कम्पनीले नयाँ परीक्षण विधि निकालेको हो । क

कोरोनाको प्रकोप बढेपछि अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडी) ले एक घण्टाभन्दा थोरै समयमा संक्रमण रहेको छ वा छैन पत्ता लगाउन अनुमतिसमेत दिएको छ ।

एफडीले ४५ मिनेटमा कोरोनाभाइरसको परीक्षण विधी उपयोग गर्न अनुमति दिएसँगै कोरोनाको संक्रमण छ वा छैन भन्ने नतिजा आउन केही घण्टा मात्र लाग्ने छ ।

यससँगै अमेरिकाको क्यालिफोर्निया बाहेकका राज्यमा यस प्रविधिलाई पुर्‍याउने काम भइरहेको छ ।

Loading...