बुफनसँग सम्झौता लम्ब्याउँदै युभेन्टस

एजेन्सी, १० चैत । इटालियन क्लब युभेन्टसले गोलरक्षक जियानलुइगी बुफनसँग सम्झौता लम्ब्याउने भएको छ ।

‘गोल डटकम’का अनुसार युभेन्टसले बुफनसँग थप एक वर्षको सम्झौता लम्ब्याउने तयारी थालेको हो ।

इटालियन गोलरक्षक बुफन एक सिजनका लागि भन्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट युभेन्टस फर्किएका थिए ।

यसै सिजन मात्र टुरिन फर्किएका उनको सम्झौता ३० जुनमा सकिँदैछ ।

त्यसअघि उनले युभेन्टसबाट १७ वर्ष खेलेका थिए । २००१ देखि २०१८ सम्म उनले टुरिनबाट खेले र पीएसजी गए । त्यसपछि उनी पुनः सिरी ‘ए’ क्लब फर्किए ।

यसैगरी युभेन्टसले जर्जियो चेइलिनी र ब्लाइसे माटुइडीसँग पनि थप एक वर्षका लागि बढाउने भएको छ ।

Loading...