नाकामा कडाइ, तीन सुरक्षा टोली परिचालित

विराटनगर, १० चैत । सरकारको कोरोना भाइरस संक्रमण भित्रिन नदिन नाका बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा टोली परिचालित भएको छ ।

सोमबारबाट नाकामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको हो ।

कोरोना भाइरस संक्रमण जोखिम बढेपछि नाकामा मानिसको आवत जावत बन्द गरिएको छ ।

अतिआवश्यकलाई भने स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको छ ।

सरकारले नाकामा कडाई गर्ने निर्णय गरेपछि मोरङको दक्षिण क्षेत्रमा २५ स्थानमा प्रहरी टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

मालवाहक सवारी साधन आवत–जावतमा सामान्य रहेपछि मानिसको आवागमन पूर्ण रूपले बन्द गरिएको अधिकारीले जानकारी दिए ।

Loading...