birat ribon

नेपाल फर्किएकी युवतीमा कोरोना ‘पोजिटिभ’

Neuro
नेपाल फर्किएकी युवतीमा कोरोना ‘पोजिटिभ’

काठमाडौं, १० चैत । फ्रान्सबाट कतारहुँदै नेपाल फर्किएकी एक युवतीमा कोरोना संक्रमण पोजिटिभ भेटिएको छ ।

Padelux insider
cura insider

गत मंगलबार काठमाडाैं आएकी युवतीमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पोजिटिभ देखिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए ।

सोमबार पत्रकार सम्मेलनमा आयोजना गरी उनले एक जनालाई कोरोना संक्रमण पोजिटिभ भएको बताए ।

संक्रमितलाई टेकु अस्पतालमा राखेर उपचार गराइँदैछ । संक्रमितका आफन्तलाई क्वारेन्टाइनमा राखिएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साेमबार बिहानैबाट सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ ।

आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

jackson ribon