मेशीन संख्या कम भएका कारणले इटालीमा ६० वर्षभन्दा माथि उमेरकालाई कृत्रिम श्वासप्रश्वास नदिइने

एजेन्सी, १० चैत । उत्तरी इटालीको कोरोना भाइरस केन्द्रमा ६० वर्षभन्दा माथि उमेर भएका जो कोहीलाई पनि श्वासप्रश्वास दिन चिकित्सकहरूलाई अनुमति दिइएको छैन ।

‘अब ६० वर्षभन्दा बढी उमेरका जो कोहीलाई श्वासप्रश्वास दिन सक्दैनौं’, उत्तरी इटालीको कोरोनाभाइरस केन्द्रमा कार्यरत इजरायली डाक्टरले डा. गाल पेलेगले चेतावनी दिएका छन् ।

डेली मेलमा उल्लेख गरिएअनुसार इटलीका पर्मामा काम गर्ने डा. गाल पेलेगले कृत्रिम श्वासप्रश्वासको मेशीन संख्या कम भएका कारणले यसको पहुँच सीमित गर्नु पर्ने हुँदा यसको निर्णय लिइएको बताउँछन् ।

डा. पेलेगले उनका विभागले क्वारेन्टाइनका कडा नियमहरू भए पनि कोरोनाबाट अस्थायी बिरामीले आफ्ना प्रियजनहलाई बिदा लिन सक्ने सुनिश्चित गरेको बताएका छन् ।

हालसम्म इटालीमा ५९ हजार १ सय ३९ जना संक्रमित रहेका छन् भने तीमध्ये ५ हजार ४ सय ७६ को मृत्यु भइसकेको छ ।

Loading...