क्यानाडाले टोकियो ओलम्पिकमा खेलाडी नपठाउने

एजेन्सी, १० चैत । जापानमा यसै वर्ष आयोजना हुने भनिएको टोकियो ओलम्पिक २०२० को अन्यौलता कायमै छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण ओलम्पिक हुने अन्यौल भएकै बेला आयोजक जापानले भने ओलम्पिक निर्धारित समयमै गर्ने बताइरहेको छ ।

तर, ओलम्पिकका लागि क्यानडाले आफ्ना खेलाडी नपठाउने जनाएको छ ।

क्यानाडाको ओलम्पिक कमिटिले ओलम्पिक स्थगित नभए आफ्ना खेलाडी नपठाउने जनाएको हो ।

मिति नसारेमा ओलम्पिकमा आफ्ना खेलाडीले सहभागिता नजनाउने क्यानाडाले जनाएको हो ।

क्यानडाले टोकियो ओलम्पिक एक वर्ष पछि सार्न आग्रह गरेको छ ।

ओलम्पिक स्थगित नगरे आफ्ना खेलाडी नपठाउने चेतवानी दिने क्यानडा पहिलो राष्ट्र हो ।

यता, अष्ट्रेलियन ओलम्पिक कमिटीले ओलम्पिक सन् २०२१ मा सार्न निर्देशन दिएको छ ।

यसैगरी अमेरिकी ओलम्पिक संघले पनि ओलम्पिक स्थगित गर्न सुझाएको छ ।

ओलम्पिक २४ जुलाईदेखि ९ अगस्टसम्म हुने तालिका रहेको छ ।

Loading...