प्रिमियर लिग १ जुनबाट सुचारु हुने

एजेन्सी, १० चैत । कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित इंग्लिस प्रिमियर लिग आगामी १ जुनबाट सुचारु हुने भएको छ ।

३० अप्रिलसम्म स्थगित भएको लिग १ जुनबाट सुचारु हुने जनाइएको छ ।

१३ मार्चमा प्रिमियर लिगले ४ अप्रिलसम्म सिजन स्थगित गरेको थियो । फेरि आकस्मिक बैठक गरी ३० अप्रिलसम्मका लागि स्थगित गरेको थियो ।

हाल लिगका प्रायः टोलीहरूले २९ वटा खेल खेलिसकेका छन् ।

जसमा, लिभरपुल ३० वर्षपछि उपाधि नजिक पुगेको छ । ऊ दोस्रो स्थानको साविकको विजेता म्यानचेस्टर सिटीभन्दा २५ अंकले अगाडि छ ।

लिभरपुलसँग ८२ अंक छ भने साविकको विजेता सिटीसँग ५७ अंक जोडेको छ । सिटीले लिभरपुलभन्दा एक खेल कम खेलेको छ ।

Loading...