१५ जुनसम्म लिग वान स्थगित

एजेन्सी, १० चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण फ्रेन्च लिग वान पुनः १५ जुनसम्मका लागि स्थगित भएको छ ।

लिग अध्यक्ष बर्नान्ड काइयाजोले लिग वान करिब २ महिनाका लागि स्थगित भएको जनाएका हुन् ।

कोरोना भाइरसका कारण लिग वान १३ मार्चबाट कोरोनाका कारण स्थगित छ ।

लिग वानमा प्रायः क्लबले २८ खेल खेलेका छन् । जसमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) १२ अंकले अगाडि रहेको छ ।

Loading...