बालबालिकाहरू स्वस्थ देखिए पनि भाइरस सार्न सक्छन्

विराटनगर, १० चैत । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना उच्च रहेको कारण नेपाल जस्तै धेरै देशहरूमा बालबालिकाहरूको विद्यालयहरू बिदा गरिए पनि घरबाहिर निस्कन प्रतिबन्ध भने लगाएको छैन ।

यसै विषयमा ध्यान रहेर स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरी कायम राख्न भनिरहेका छन् ।

जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डा. केरी अल्टहफका अनुसार सामाजिक दूरीको अर्थ वयस्क र बालबालिका सबैजना कम्तीमा छ फीटको दूरीमा रहनु पर्ने बताउछन् ।

यसको अर्थ ६ फिटसम्म नजिक आउन सकिने खेलहरू जस्तै फुटबल, बास्केटबल आदि खेल्न हुँदैन ।

तर, टेबलटेनिस र लुकामारीजस्ता खेलहरूमा दूरी रहन सक्ने भए पनि बालबालिकाहरूलाई दूरी बनाइराख्न लगाउनु असम्भव हुन्छ ।

उनले भाइरसहरू सतहमा केही दिन बाँच्ने प्रमाणहरू आएसंगै खेलसामग्रीजस्ता धेरै छोइरहने खालका सतहहरूबाट टाढा रहनु नै उचित रहेको बताइन् ।

बालबालिकामा कोरोना भाइरसको सङ्क्रमणले कमै वा कुनै लक्षण नदेखाउने र धेरै असर नगर्ने भए पनि उनीहरूले भाइरस सार्न सक्छन् ।

बालबालिकाहरू स्वस्थ देखिए पनि उनीहरूले समुदायमा अन्यलाई भाइरस सार्न सक्ने हुँदा अभिभावकहरूले पनि आफ्नो ख्याल राख्नुपर्ने बेला आएको डा. केरी बताउँछिन् ।

डा. क्याथरिन सेम्राउका अनुसार सरकारले आवतजावतमै प्रतिबन्ध नलगाए पनि अहिलेको अवस्थामा मानिसहरूले सकेसम्म कम स्थानमा कम समयका लागि मात्रै निस्कनु पर्छ ।

आगामी दिनहरूमा अझ धेरै प्रतिबन्ध लाग्न सक्ने सम्भावना हुँदा अभिभावकहरूले बालबालिकालाई कसरी सम्हाल्ने भन्ने योजना बनाउनु आवश्यक छ ।

दुवै डाक्टरले सामाजिक दूरीको अर्थ असामाजिक हुनु नरहेको बताउँदै बाहिर निस्कन अथवा फोन र अनलाइनमार्फत् साथीभाइ र परिवारजनसँग सम्बन्ध राखिरहनुपर्ने बताउँछन् ।

धेरै भिड भएको ठाउँमा नगएपनि बाहिर निस्केर, प्रकृतिमा आनन्द लिएर, हिँडेर वा साइकल चलाउन सकिन्छ ।

इन्टरनेटबाट साथीहरू र परिवारका अन्य सदस्यहरूसँग सम्पर्क राखी बालबालिकालाई घरका तथा सिर्जनात्मक काम सिकाउन सकिन्छ ।

Loading...