ओलम्पिक सर्ने निश्चित

एजेन्सी, १० चैत्र । जापानमा हुने तय भएको ओलम्पिक खेलकुद सर्ने भएको छ । जापानी प्रधानमन्त्री सन्जो ओबेले ओलम्पिकको मिति सार्नुपर्ने बताएसँगै खेल सर्ने निश्चित छ ।

जुलाईमा तय भएको ओलम्पिक खेलकुद विश्वका कतिपय देशहरुले पनि ओलम्पिकको मिति सार्न दबाब दिइरहेका छन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहँदाको संकटलाई मध्यनजर गरी जापानमाथि ओलम्पिकको मिति सार्न दबाब दिइएको हो ।

न्युजिल्यान्डले खुलापत्र लेख्दै मिति सार्न भनेको थियो भने क्यानडाले जुलाईमा ओलम्पिक भए आफ्नो देश सहभागी नहुने घोषणा गरिसकेको छ ।

Loading...