पश्चिम बंगालमा ‘लकडाउन’

विराटनगर, १० चैत । भारतको पश्चिम बंगाल सरकारले सोमबारबाट २७ मार्च सम्मका लागि ‘लकडाउन’ को घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलने क्रम बढेपछी सोमबार विहान ५ बजेबाट पश्चिम बंगालका सम्पुर्ण शहरमा लकडाउनको घोषणा गरेको हो ।

भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तानका अनुसार पश्चिम बंगाल सरकारले आइतबार दिउँसो सो निर्णय गर्दै यसमा साथ दिन नागरिकलाई आग्रह गरेको छ । पश्चिम बंगालमा फेला परेका कोरोना भाइरस संक्रमित चौथो बिरामीको अवस्था गम्भीर बनेको र संक्रमितको संख्या बढ्ने भएकाले सरकारले लकडाउनको निर्णय लिएको बताएको छ ।

यस अवधिमा राज्यमा सबै यातायात, हाटबजार, अफिस, कलकारखाना बन्द रहने जनाएको छ । लकडाउनको समयमा अतिआवश्यक पिउने पानी, बैंक, टेलिफोन, इन्टरनेट, खाद्य, सब्जी, राशन दोकान, अस्पताल, स्वास्थ्य केन्द्र, औषधि दोकान, विद्युत् सेवा खुल्ला रहने जनाएको छ । राज्यका सबै नागरिकलाई लकडाउन अवधि घरभित्र रहन राज्य सरकारले आग्रह समेत गरेको छ ।

राज्यको सिलगढी, दार्जि्लिङ, खरसाङ, कालिबुङ, कुचबिहार, अलिपुरद्वारा, जलपाइगढी, उत्तरदिनाजपुर, दक्षिण दिनाजपुर र मालदा लगायतको जिल्लामा राज्य सरकारले लकडाउनको घोषणा गरेको छ ।

Loading...