birat ribon

स्थानीय तहलाई निर्देशन : ‘विदेशबाट फर्किएकाको अभिलेख राख्नु’

Neuro
स्थानीय तहलाई निर्देशन : ‘विदेशबाट फर्किएकाको अभिलेख राख्नु’

काठमाडौं, १० चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको हो ।

cura insider

मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन निर्देशन दिंदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ ।

मन्त्रालयले आइतवार पत्राचार गर्दै ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७ सय ४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको संख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।

jackson ribon