बार्सिलोनाले आफ्ना खेलाडीको तलब काट्ने

एजेन्सी, १० चैत । स्पेनिस क्लब बार्सिलोनाको बोर्डको बैठकले आफ्ना कप्तानहरूसँग तलबको विषयमा छलफल गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण परेको आर्थिक समस्याको विषयलाई लिएर बार्सिलोनाले कप्ताहरूसँग छलफल गरेको बताइएको छ ।

खबरका अनुसार बार्सिलोनाले छलफलमा आर्थिक प्रभावका कारण तलब काटिने विषय उठाएको छ ।

ला लिगा स्थगित भएको अवस्थामा प्रायोजक एवं विविध विधाबाट आउने रकम नआउने भएपछि खेलाडीको तलब काटिने बोर्ड बैठकले योजना बनाएको बताइएको छ ।

बार्सिलोनाले लिग स्थगित रहुन्जेलसम्म केही मात्रामा खेलाडीलाई कम तलब दिने भएको छ ।

र, यसमा खेलाडीको धारणा पनि सकारात्मक देखिएको बताइएको छ । यद्यपि, यस विषयमा कुनै सम्झौता हुन सकेको छैन ।

अब यस सिजनको लिग यत्तिकैमा सकिएमा बार्सिलोनालाई धेरै घाटा लाग्ने छ ।

प्रायोजकबाट मात्र नभएर उसले टिभी राइट्समार्फत आउने कमाइ पनि गुमाउने जनाइएको छ ।

Loading...