मास्क लुकाउनेलाई तीन लाख जरिवाना, अब बीपीमै कोरोना परीक्षण

विराटनगर, १० चैत । विराटनगर महानगरपालिका ९ घोगापुल स्थित श्री सर्जीइम्पेक्सले लुकाएर राखेको ११ हजार थान बढी सर्जिकल मास्क आइतबार खटिएको अनुगमन टोलीले बरामत गरेको छ ।

लुकाएर राखेको ११ हजार ३ सय ५० थान मास्क बरामत भएको उपभोक्ता संरक्षण कार्यालय विरानगरका प्रमुख हिमालय बरालले जानकारी दिए । मास्क लुकाउने व्यवसायी राजेश अग्रवाललाई तत्कालै तीन लाख रुपैयाँ जरिवाना गरिएको खबर आजको उद्घोष दैनिकमा छ ।

उद्घोष दैनिकमानै विराटनगरमा रहेको आँखा अस्पतालहरुले आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेको खबर प्रकाशन गरेको छ । कोरोनाको त्रासका कारण विरामी आउन कम भएकाले अन्य सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

कोरोनासँगै कालोबजारीको खतरा शिर्षकमा न्यू सृष्टि दैनिकले खबर लेखेको छ । २ दिन अघि आलु थोकमा २७ रुपैयाँ किलो थियो । बढ्नुपर्ने कृषिमा कारण केही दैन तर, एकाएक मुल्य ३५ पुग्यो । भान्छामा सर्वाधिक प्रयोग हुने आलुको एकाएक किन बढ्यो ? सरोकारवाला निकाय सबै मौन छन् । खबरमा लेखिएको छ ।

अब बीपीमानै कारोना परीक्षण शिर्षकमा आजबो ब्लाष्ट दैनिकले खबर लेखेको छ । धरामा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाइरल सेफ्टी क्याविन जडान गरेको छ । माइक्रोबायोलोवी विभागको प्रयोगशालामा आइतबार क्याविन जडान गरिएको हो । यो जडान सँगै कोरोना लगागत भाइरस परिक्षणका लागि काठमाडौं पठाउनुपर्ने समस्याको समाधान भएको छ ।

Loading...