एक साताका लागि सबै नाका बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं, ९ चैत । कोरोना भाइरस संक्रमणको त्रास बढेपछि सरकारले एकसाताका लागि भारत र चीनसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाका पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेकाे निष्कर्ष निकाल्दै सरकारले महामारीका रोकथामका आवश्यक उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री खरिद गर्न ५० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

Loading...