कोरोना भाइरसको प्रकोपको अन्त्य गर्ने तीन तरिका

एजेन्सी, ९ चैत । विश्वभर लाखौं मानिसलाई सङ्क्रमण गरेको कोरोना भाइरसको प्रकोपको अन्त्य कहिले हुन्छ र मानिसहरू सामान्य जीवनमा कहिलेसम्म फर्कन सक्ने प्रश्न सबैमा उब्जिएको छ ।

बीबीसीका अनुसार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनले कोरोना भाइरसको प्रभावलाई आगामी १२ हप्ताभित्र बदल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

तर, आगामी तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि यसको प्रभाव अन्त्य हुन निकै लामो समय सम्भवतः वर्षौँ लाग्न सक्ने बताइन्छ ।

हाल अपनाइएको निकासको रणनीतिले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाउन र जनजीवन सामान्य बनाउन सकेपनि कोरोना भाइरस हराउने छैन ।

प्रतिबन्ध हटाएसंगै सङ्क्रमणको सङ्ख्या बढ्ने देखिन्छ ।

युनिभर्सिटी अफ एडिनबरा सरुवा रोग विषयका प्राध्यापक मार्क वुलहाउसले निकासको योजना के हो र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौँ भन्ने विषय ठूलो समस्या रहेको बताए ।

कोरोना भाइरसको संक्रमण हटाउन खोप, धेरै मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास, वा व्यवहाररसमाजको स्थायी परिवर्तन गर्ने तीनवटा तरिका छन् ।

खोपका बारेमा अभूतपूर्व कार्य भइरहपनि यो सफल हुन्छ भन्ने निश्चित छैन ।

खोप बन्न कम्तीमा एक वर्ष लाग्छ ।

खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ ।

करिब ६० प्रतिशत मानिसहरूलाई कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाएमा भाइरस फैलिन सक्दैन ।

त्यस्तै, मानिसहरूमा प्राकृतिक रोग प्रतिरोधी क्षमताको विकाश गर्न कम्तीमा दुई वर्ष लाग्न सक्छ ।

यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भाल्लेन्स स्पष्ट समयरेखा कोर्न सकिने अवस्था नभएको र यसको सङ्क्रमण बढ्दै जाँदा मानिसहरूको शरीरमा यसलाई प्रतिरोध गर्ने क्षमता पनि बढ्दै जान सक्छ ।

प्राध्यापक वुलहाउसले व्यवहारमा स्थायी परिवर्तनले सङ्क्रमण सर्ने दर कम गर्न सहयोग गर्ने बताए ।

जसमा हाल कायम गरिएका कतिपय उपायहरू कायम राख्ने, व्यापक रूपमा परीक्षण गर्ने वा आइसोलेसनमा राख्ने उपाय हुन सक्छ ।

यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस ह्वीटीले कोरोना भाइरसको दीर्घकालीन समाधान भनेको खोप नै रहेको र सकेसम्म खोप छिटो उपलब्ध हुने आशा राखेका छन् ।

Loading...