सेनीटाइजरमा ७० देखि ९५ प्रतिशत अल्कोहल समावेश हुनुपर्छ

एजेन्सी, ९ चैत । अहिलेसम्म कुनै औषधोपचार नरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि अरुसँग हात नमिलाउन र आफ्नो हात बारम्बार साबुन पानीले धुन वा सेनीटाइजरको प्रयोग गर्न डाक्टर तथा बिज्ञहरूले सुझाउँदै आएका छन् ।

सेनीटाइजर तरल वा जेल हो जुन हातमा संक्रामक एजेन्टहरू घटाउन प्रयोग गरिन्छ ।

यसको प्रयोग गर्दा पानीको आवश्यक नहुने तथा आफू जहाँ जाँदा पनि सजिलै लिएर जान सक्ने हुँदा मानिसहरू यसको धेरै प्रयोग गर्न थालेका छन् ।

अहिले बजारमा सेनीटाइजरको अभाव देखिन्छ ।

अभावका कारण मानिसहरू आफैँ घर, घरमा युट्युब हेरी वा अन्य तरिकाले सेनीटाइजर बनाइरहेका छन् ।

तर, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी) ले आधिकारिक सेनीटाइजर नै प्रयोग गर्नुपर्ने बताएका छन् ।

सेनिटाइजरहरूले पनि साबुन पानीले गरे जस्तै नै काम गरे पनि साबुन जतिको प्रभावकारी नहुने हुँदा अल्कोहल भएको सेनीटाइजर वा साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै प्रयोग गर्नुपर्ने विज्ञहरू सुझाउँछन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपीकल मेडीसीनका प्राध्यापक सेली ब्लुमफिल्डले घरेलु सेनीटाइजरहरूले काम गर्दैनन् किनभने भोड्कामा ४० प्रतिशत मात्रै रक्सी हुने बताएकी छन् ।

तर, सेनीटाइजरमा ७० देखि ९५ प्रतिशत अल्कोहल समावेश हुनुपर्छ ।

अल्कोहलले बनेको ह्याण्ड सेनिटाइजरले साबुन र पानी उपलब्ध नभएमा भाइरसहरूलाई मार्न मद्दत गर्छ ।

अल्कोहोल एक एन्टिसेप्टिक हो र कोरोना भाइरस जस्तो इन्भेलोपड भाइरसहरूलाई मार्न सक्छ ।

जहाँसम्म, हातहरूमा देख्न मिल्ने फोहोर छ भने, सेनिटाइजरभन्दा पनि साबुन र पानीको प्रयोग गर्नुपर्छ ।

Loading...