जंगलमा भेटिएको वस्तु घरमा ल्याइ तताउँदा पड्किएर एक जनाको मृत्यु

अत्तरिया कैलाली, ९ चैत । कैलालीको गोदावरी नगरपालिकामा विस्फोटक वस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ ।

जंगलमा भेटिएको वस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर गोदावरी नगरपालिका–४ फुलबस्तीमा ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि थप तथ्य बाहिर आउने उनले बताए ।

Loading...