आइसोलेसन र क्वारेन्टाइनबीचको फरक

विराटनगर, ९ चैत । आइसोलेसन र क्वारेन्टाइन जुन हामी आजका दिनहरूमा धेरै सुनिरहेका छौं, जुन अधिकारीहरूले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि अपनाइएको हो ।

तिनीहरू समान चीज होइनन्, यद्यपि तिनीहरू सबैले अरूलाई संक्रमित हुनबाट जोगाउने लक्ष्य राख्छन् । तर, उनीहरूको मतलब के हो ? यहाँ केही संक्षिप्त विवरणहरू छन् ।

आइसोलेसनः वास्तवमै भाइरस भएका वा संक्रमित हुन सक्ने सम्भावना भएका व्यक्तिहरूको लागि हो ।

भाइरसका लक्षण देखिन साथ अस्पताल भर्ना हुन आवश्यक भएपछि उनीहरूलाई अलगै अस्पतालको आइसोलेसन वार्डमा राखिन्छ ।

भाइरसबाट संक्रमित व्यक्तिहरूलाई निको भएर यदि तिनीहरूमा कुनै लक्षणहरू नभएको वा केवल हल्का बिरामी परेका छन् भने अस्पतालबाट डिस्चार्ज गरेर आफैँ घरमा सेल्फ आइसोलेसनमा बस्न लगाइन्छ ।

सेल्फ आइसोलेशनमा बस्दा आफूलाई बाहिरी दुनियाबाट अलग राख्ने गर्नुपर्छ ।

जसले गर्दा आफुलाई र आफू संक्रमण भए आफूबाट अरुलाई बचाउने गर्छ ।

सेल्फ आइसोलेसनमा बस्दा लक्षणहरू फेरि फर्किएमा स्वास्थ्यकर्मीलाई भन्न आवश्यक हुन्छ ।

आइसोलेसनमा बसेका मानिसहरूलाई सकेसम्म अरू मानिसहरूबाट टाढा राख्नुपर्छ ।

आइसोलेसनमा बसेका मानिसहरूले एक अलग बाथरूमको प्रयोग गर्न, अरूको वरिपरि हुँदा अनुहारको मास्क लगाउन, र घरेलु वस्तुहरू साझा प्रयोग गर्नु हुँदैन ।

क्वारेन्टाइनः व्यक्तिहरू जुन भाइरसको संक्रमणबाट सम्भावित हुन सक्ने हुन्छन् तिनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ ।

कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्नुलाई सजिलो भाषामा क्वारेन्टाइन भनिएको हो ।

अयाधिक भिडभाड भएको ठाउँ वा संक्रमणको जोखिम देखिएमा ज्वरो तथा लक्षण नदेखिएकालाई समेत १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ ।

साथै, केही व्यक्तिहरूले सेल्फ क्वारेन्टाइनमा बस्न सक्दछन्, यसको मतलब तिनीहरू स्वैच्छिक रूपमा संक्रमण नहोस् भनेर सतर्कता अपनाइ रहेका छन् ।

Loading...