पोर्चुगल अवैतानिक दूतावासले अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने

लिस्बन, ९ चैत । पोर्चुगलका लागि नेपाली अवैतानिक दूतावासले अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने भएको छ ।

वाणिज्यदूत मकरबहादुर हमालले शनिबार वक्तव्य जारी गर्दै पोर्चुगलमा रहने नेपालीलाई अप्ठ्यारामा सहयोग गर्ने जनाएका हुन् ।

उनले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरे ।

उनले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरे ।

यस अवधिमा यहाँस्थित नेपाली दिदिबहिनी तथा दाजुभाइमा आइपर्ने स्वास्थ्य समस्या तथा आपत्विपत्मा सहयोग र परामर्शका लागि नेपाली अवैतानिक दूतावास लिस्बन पोर्चुगलको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

Loading...