कोरोनाको कारण ‘सक्किगोनी’ स्थगित

विराटनगर, ९ चैत । कोरोना भाइरसको प्रकोपका कारण हरेक हप्ता प्रसारण हुने टेलिश्रृंखला ‘सक्किगोनी’ केहि समयको लागि स्थगित भएको छ ।

अर्को सूचना नआएसम्म स्थगित गरिएको ‘सक्किगोनी’का निर्देशक अर्जुन घिमिरेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

बिश्वब्यापी कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको ‘लक डाउन’को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सूचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरू हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’ मा बस्ने निर्णय गरेको बताएका छन् ।

जसले गर्दा नियमित रूपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म ‘सक्किगोनी’ केही समय स्थगित हुने कुराको पनि जानकारी गराए ।

Loading...