नेपाललाई भारतसँगका सबै नाका बन्द गर्न डब्लूएचओको सुझाव

विराटनगर, ९ चैत । नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएको छ ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुने मानिसहरूको संख्या बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई यस्तो सुझाव दिएको हो ।

आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टिम’ले भातरसँगका सबै नाका बन्द गर्न सुझाव दिएको हो ।

यसैगरी डब्लुएचओले नाकाबाट आउनेहरूको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न तथा संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालीन संरचना बनाउनतर्फ पनि आग्रह गरेको छ ।

Loading...