पटनामा कोरोनाबाट एक युवकको मृत्यु

काठमान्डौं, ९ चैत । भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी पटनामा उपचार गराइरहेका ३८ वर्षीय युवकको ज्यान गएको हो ।

हिन्दूस्तान टाइम्स‘ का अनुसार ती युवक कतारबाट फर्किएका थिए ।

उनको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्यूट अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा ज्यान गएको अस्पतालका निर्देशक डा. प्रदीप दासले जानकारी दिएका छन् ।

उनको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।

Loading...