Rumpum Advertisement

रोनाल्डोले कोरोनाविरुद्ध लड्नका लागि मेडिकल सामाग्री वितरण गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
रोनाल्डोले कोरोनाविरुद्ध लड्नका लागि मेडिकल सामाग्री वितरण गर्ने

एजेन्सी, ९ चैत । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितका लागि मेडिकल सामाग्री बाँड्ने भएका छन् ।

उनले आफ्ना एजेन्ट जर्ज मेन्डेससँग मिलेर कोरोनाविरुद्ध लड्नका लागि मेडिकल सामाग्री बाँड्ने ‘एएस’ले जनाएको छ ।

खबरका अनुसार इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो र उनका एजेन्ट मेन्डेसले पोर्चुगलको दक्षिणी भू–भागस्थित साओ जाओ डी ओपोर्टोमा मेडिकल सामाग्री बाँड्ने भएका हुन् ।

साओ जाओ अस्पतालमा कोरोनासँग लडिरहेका व्यक्तिहरूलाई सहयोग गर्न उनीहरूले सामाग्री खरिद गर्न थालेका छन् ।

मेन्डेसले सहयोगका लागि २ लाख थान मास्क किनिसकेका छन् । यस्तै उनले तीन भेन्टिलेटर्स खरिद गरिसकेको बताइएको छ ।

यसैगरी उनले पोर्चुगिज अस्पतालहरूका लाथि रकम पनि सहयोग गर्ने बताएका छन् ।

यस्तै अब उनले थप ५० हजार थान मास्क किनेर विश्वमा वितरण गर्ने बताएका छन् । यसका लागि उनले रोनाल्डोसँग सहकार्य गरेको एएसले जनाएको छ ।

रोनाल्डो र मेन्डेसले कोरोनासँग लड्नका लागि अन्य फुटबलहरूको सहयोगको प्रतीक्षा गरिरहेको बताएका छन् ।

३५ वर्षीय रोनाल्डो हाल आफ्ना परिवारका साथ पोर्चुगलको मडेइरामा छन् ।