युनाइटेडका पूर्वस्टार फेलानीलाई कोरोना संक्रमण

एजेन्सी, ९ चैत । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार मारोउने फेलानीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ ।

फेलानीको रिपोर्ट पोजिटिभ आएको चीनको जिनान प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।

फेलानी चीनमा रहेर शानदेङ लुनेङबाट चाइनिज सुपर लिग (सीएसएल) लिग खेलिरहेका छन् ।

२० मार्चमा ट्रेनबाट जिनान पुगेका उनले परीक्षण गराउँदा पोजिटिभ देखिएको जनाइएको छ ।

३२ वर्षीय फेलानी कोरोना संक्रमण हुने पहिलो चाइनिज सुपर लिगका खेलाडी हुन् ।

यसअघि सीएसएल खेल्ने कसैलाई पनि कोरोना संक्रमण भएको थिएन ।

Loading...