कोरोनाको संक्रमण फैलिन रोक्नका लागि ‘लकडाउन’ आवश्यक

एजेन्सी, ९ चैत । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा पनि ‘लकडाउन’ हुनसक्ने सम्भावना उच्च देखिन्छ । कुनै पनि महामारीको संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रक्रियालाई लकडाउन भनेर बुझ्न सकिन्छ ।

‘लकडाउन’ भएको कर्फ्यु लागेको बेला झैं घरवाट निस्कनै नपाइने भने हैन । कुनै निश्चित समयको लागी निश्चित ठाँउमा गरिने सार्वजनिक रोकलाई लकडाउन भनिन्छ । कोरोना भाइरस मानिसबाट मानिसमा प्रत्यक्ष रूपमा सर्ने भएकोले रोगलाई थप फैलिन नदिनका लागि विश्वका अनेकौं देशहरूलाई लकडाउन गरिएको छ ।

लक डाउन एउटा आपतकालीन वेवस्ता हो । यदि कुनै मुलुक, प्रान्त र सहरमा लकडाउन गरिएको छ भने त्यहाँ मानिसलाई घरबाट निस्किन र हिँड्डुल गर्न प्रतिबन्ध लगाइन्छ । लकडाउनमा राखिएका शहर बाँकी विश्वसँग हवाइस्थल, जल तथा सबै प्रकारको यातायातबाट सम्पर्क विस्छेद गरेर बस्छन् ।

त्यसैले, एक मुलुकबाट अर्को मुलुकमा प्रवेश गर्न नदिन लकडाउन नै सही मध्यम हो । ‘लकडाउन’ पूरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ ।

समयमा लकडाउनमा नजाने मुलुकहरूले गम्भीर संकटको सामना गर्नुपर्ने हुन सक्छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न धेरै भीड हुने सहरहरू लकडाउन गर्नु नै यसको रोकथामको पहिलो चरण हो ।

कडाउनको मुख्य उद्देश्य नै भिडभाड कम गर्नु हो । मानिसहरूले लक डाउनलाई नकारात्मक भन्दा पनि सरकारले जोखिम कम गर्न अपनाएको महत्वपूर्ण कदमको रूपमा बुझ्न जरुरी छ ।

नेपालमा लकडाउन नभएपनि सेमी लकडाउन भने भैसकेको छ । नेपालमा स्कूल, कलेज, सिनेमा हल, क्लब, हाटबजार, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिकस्थल र गतिविधिमा सरकारले रोक लगाइसकेको छ ।

गम्भीर बिरामीबाहेक अरुलाई अस्पताल नजाने, अफिसको काम घर बाटै गर्ने, सार्वजनिकस्थलमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । सरकारले निश्चित समयका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र सरकारी कार्यालयसमेत बन्द गर्नसक्ने सम्भावना देखिन्छ ।

लकडाउन भएको समयमा धेरै भीडभाड भएको ठाउँ सबै बन्द हुने छन् । तर, खाद्यानका बजारहरू भने बन्द हुँदैनन् । बिहान तथा बेलुका निश्चित अवधि तोकेर अतिआवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ ।

यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक सामानहरूको जोहो गर्नु उत्तम हुन्छ । तर, हाहाकार हुने भयो भन्दै महिनौंलाई पुग्ने खाद्यान्य जोहो गर्नु आवश्यक छैन ।

Loading...