कोरोना भाइरस : सतर्कता अभिवृद्धि गर्न अध्यक्ष प्रचण्डको अपिल

काठमाडौं, ९ चैत । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले विश्वब्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गरे ।

यसैगरी उनले राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरे ।

उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यबहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनि गरे ।

Loading...