हक कोरोना संक्रमित पहिलो क्रिकेट खेलाडी

एजेन्सी, ९ चैत । स्कटल्याण्डका क्रिकेटर मजिद हकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

३७ वर्षीय हकले शुक्रबार नै सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।

स्कटिस स्पीनर हकले कोरोनाको परीक्षण गराउँदा पोजिटिभ देखिएको र उपचार भइरहेको जनाएका छन् ।

उनले आफू हाल रोयल एलेक्जेन्द्र हस्पिटलमा उपचाररत रहेको र स्वास्थ्यस्थितिमा सुधार आइरहेको पनि बताएका छन् ।

यससँगै हक कोरोना संक्रमित पहिलो क्रिकेट खेलाडी बनेका छन् । यसअघि कुनै पनि क्रिकेट खेलाडीलाई कोरोना संक्रमण भएको थिएन ।

हक २००६ मा बंगलादेशविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

Loading...