आज मेघ गर्जन र चट्याङको सम्भावना

काठमाडौं, ९ चैत । आज विहानैबाट देशभरको मौषम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको कारण मौषम बदली भएको जनाएको छ ।

आजव देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Loading...