भारतमा ‘जनता कफ्यू’, कोरोना भाइरसबाट संक्रमित संख्या ३३२ पुग्यो

बीबीसी । कोरोना भाइसविरुद्ध लड्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा सँगै भारतमा आज जनता कर्फ्यु लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आज जनता कर्फ्युको घोषणा गरेका थिए ।

भारतमा आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्ने छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्फ्युका कारण सडक सुनसान बनेका छन् । केन्द्र सरकारको निर्णय अनुसार आज भारतभर कर्फ्यू लागेको हो ।

भारतमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ भने पछिल्लो २४ घन्टाभित्र भारतमा ८३ जना संक्रमित व्यक्ति थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट भारतमा ३ सय ३२ जना संक्रमित छन् ।

Loading...