आज देखि शेयर कारोबार बन्द

विराटनगर, ९ चैत । अत्यावश्यक सेवा भित्र नपरेपछि आइतबार देखि शेयर कारोबार बन्द भएको छ । नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आइतबारबाट बन्द हुने घोषणा गरेसँगै आज आइतबारदेखि सेयर कारोबार बन्द भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ९ गतेबाट २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आइतबारबाट बन्द हुने घोषणा गरेका थिए ।

गत बिहीवार पाँच लगानिकर्ता संघ हरुले चैत महिना भरी शेयर बजार बन्द गराउन माग गर्दै बोर्डमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

Loading...