आजदेखि राजधानीमा ग्यास सहज हुँदै

काठमाडौं, ९ चैत । उपत्यकामा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालनमा आउने भएकाले ग्यास सहज रुपमा पाइने भएको छ । नेपाल आयल निगमले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो ।

एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन् ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेका छन्। यसले गर्दा निम्न वर्ग, अति निम्न वर्ग र मध्यम वर्ग समयमा सिलिन्डर पाउन सास्ती व्यहोर्न बाध्य छन् ।

Loading...