रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जोको कारोना भाइरसका कारण मृत्यु

एजेन्सी, ७ चैत । स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएको छ ।

सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष भएका उनको कोरोनाका कारण ७६ वर्षको उमेरमा मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका उनको शनिबार मृत्यु भएको रियल मड्रिडले जानकारी दिएको छ ।

उनका छोरा फर्नान्डो सान्जका अनुसार उनी बुधबार कोरोनाबाट संक्रमित भइ अस्पताल भर्ना भएका थिए ।

फर्नान्डोले ट्वीटरमा लेखेका छन्, ‘मेरा बुबा बुधबार कोरोनाका कारण अस्पताल भर्ना हुनुभएको थियो । तर उहाँ अब रहनु भएन ।’

शनिबारस स्पेनमा कोरोनाका कारण ३ सय २४ जनाको मृत्यु भएको छ ।

Loading...