रोनाल्डिन्होले आफ्नो ४०औं जन्मदिन जेलमा मनाए

एजेन्सी, ९ चैत । ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होले आफ्नो ४०औं जन्मदिन पाराग्वेको जेलमा मनाएका छन् ।

२१ मार्च अर्थात् शनिबार राति उनले पाराग्वेको ठूलो जेल ‘बीबीक्यू’मा जन्मदिन मनाएका हुन् ।

नक्कली पासपोर्ट लिएर ब्राजिलबाट पाराग्वेका गएका रोनाल्डो र उनका दाजु रोबर्टो हाल जेलमा छन् ।

उनीहरू दुवैलाई पाराग्वेको अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । अब उनले जेलमा ६ महिना बस्नुपर्ने भएको छ ।

यस्तैमा शनिबार उनले आफ्नो ४०औं जन्मदिन मनाएका हुन् ।

सन् २००२ का विश्वकप विजेता रोनाल्डिन्होलाई लिजेन्ड फुटबलरहरूले शुभकामना दिएका थिए ।

सहकर्मी तथा ब्राजिलियन रोनाल्डो नाजारियोले उनीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै शुभकामना दिएका थिए ।

यस्तै कार्लोस, सामुअल इटो, पेलेलगायतले उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।

Loading...