साना नाकामा छैन हेल्थ डेस्क, साप्ताहिक हाट बन्द

विराटनगर, ९ चैत । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै नेपाल भारत सीमा क्षेत्रको आवागमनमा कडाई गर्ने घोषणा गरे पनि मोरङका तीन वटा नाकामा हेल्थडेस्क समेत राखिएको छैन ।

नेपालभित्रै लामो दुरीको यातायात बन्द गर्ने घोषणा गरेको सरकारले सीमा नाका बन्द नगरेको भन्दै नागरिक तहबाट भएको खबर आजको हाम्रोमत दैनिकले छापेको छ । सुनबर्षि नगरपालिका ८ को सिक्टी र ढोरिया तथा जहदा गाउँपालिकाको गडेरिया नाकामा हेल्थ डेस्क छैन ।

यस्तै हाम्रोतम दैनिक र न्यू सृष्टि दैनिकले विराटनगर महानगरपालिका भित्रका साप्ताहिक हाट बन्द गरिएको खबर पनि छापेको छ । हिजो शनिबार लाग्ने सबै हाट महानगरले बन्द गर्न आग्रह गरेपछि उठेको थियो ।

Loading...