नेयमार बार्सिलोना फर्किन सहमत

एजेन्सी, ९ चैत । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार पूर्वक्लब बार्सिलोना फर्किन सहमत रहेको रिपोर्टहरूले जनाएका छन् ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’का अनुसार ब्राजिलियन स्टार नेयमारले बार्सिलोना फर्किने विषयमा सहमत जनाएका हुन् ।

सन् २०१७ मा कीर्तिमानी मूल्यमा स्पेनबाट फ्रान्स सरुवा भएका उनलाई फर्काउन बार्सिलोना प्रयासरत छ ।

यसअघि दुई क्लबबीच रकमको विषयमा कुरा नमिल्दा उनको सरुवा सम्भव भएको थिएन ।

तर, लिग वान क्लब पीएसजीले नेयमारको मूल्य घटाएको छ ।

२ सय २२ मिलियन युरोमा ला लिगा क्लबबाट ल्याएका नेयमारलाई पीएसजीले १ सय ३५ मिलियन पाउण्ड मै बेच्ने भएको छ ।

मूल्य घटेसँगै २८ वर्षीय नेयमारको सरुवा सम्भव देखिएको छ ।

यस्तैमा नेयमारले कुनैपनि हालतमा बार्सिलोना फर्कने सोच बनाएको मुन्डो डिपोर्टिभोको दाबी छ ।

खबरका अनुसार नेयमारका प्रतिनिधिले बार्सिलोनासँग भेट गरेर सम्भावित सरुवाका विषयमा छलफल गरेका छन् ।

Loading...