बार्सिलोनाको प्रशिक्षक बन्ने कोम्यानको चाहना

एजेन्सी, ७ं चैत । नेदरल्याण्डका प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षक बन्ने चाहना रहेको बताएका छन् ।

२० वर्षअगाडि बार्सिलोनाको असिस्टेन्ट कोचको भूमिका निर्वाह गरेका कोम्यानले स्पेनिस मिडिया मार्कालाई दिएको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

नेदरल्याण्डका पूर्वखेलाडी कोम्यानले सन् १९९८ देखि २००० सम्म बार्सिलोनामा असिस्टेन्ट कोचको भूमिका निभाएका थिए ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका उनले हाल राष्ट्रिय टोलीको प्रशिक्षण गराइरहेका छन् ।

उनलाई केही समयअगाडि बार्सिलोनाको प्रशिक्षकका लागि प्रस्तावसमेत आएको थियो ।

अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेपछि आफूलाई बार्सिलोनाले प्रस्ताव गरेको उनले अन्तर्वार्ताका क्रममा बताएका छन् ।

‘बार्सिलोनाले भाल्भेर्डेलाई बर्खास्त गरेपछि मलाई बोलाएको थियो’, उनले भने, ‘तर, मैले नाईं भने । किनकी राष्ट्रिय टोलीसँग मेरो सम्झौता बाँकी नै थियो । अब दुई वर्ष मेरो सम्झौता छ । त्यसपछि मात्र मैले छोड्न पाउँछु ।’

‘यदि, म खाली थिएँ भने क्याप नोउको नेतृत्त्व मैले सम्हाल्थेँ’, उनले थपे, ‘तर, आशा गर्छु कि म एक दिन बार्सिलोनाको प्रशिक्षक बन्ने छु । मेरो चाहना त्यै छ ।’

Loading...