birat ribon

कोरोनाका बारेमा भ्रम फैलाउनेमाथि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढायो

Neuro
कोरोनाका बारेमा भ्रम फैलाउनेमाथि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढायो

काठमाडौँ, ८ चैत । नेपाल प्रहरीले कोरोना भाईरस (कोभिड–१९) को विषयमा सामाजिक सञ्लाजलगायतका विभिन्न माध्यमबाट गलत प्रचार तथा अफवाह फैलाउनेमाथि निगरानी र कारवाहीको प्रक्रिया अगाडि बढएको छ ।

आम सर्वसाधारणमा भय र त्रास फैलाउनेगरी सामाजिक सञ्जालमार्फत झुट्टा समाचार तथा विभिन्न सामग्रीहरू प्रचार हुन थालेपछि प्रहरीले अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाएको नेपाल प्रहरीका प्रवक्ता शैलेशकुमार थापा क्षेत्रीले जानकारी दिए ।

cura insider

उनले प्रहरीले भ्रम तथा अफवाह फैलाउनेलाई कानूनबमोजिम कारवाहीको दायरामा ल्याउने जानकारी दिए ।

प्रवक्ता थापाले सामाजिक सञ्जालहरूमा आएका झुटा समाचार तथा अन्य सामग्रीहरू लाइक र सेयर नगर्नसमेत सबैसँग आग्रह गरे ।

jackson ribon