काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको दाबिसहित गलत सूचना फैल्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
फेसबुक मार्फत नर्भिक अस्पतालमा उपचारका लागि आएका विरामीलाई कोरोना संक्रमण पोजेटिभ भएको भन्दै भ्रम फैल्याउने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापामगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार पक्राउ गरेको हो ।