राकिटिक बेच्ने तरखरमा बार्सिलोना, तोक्यो मूल्य

एजेन्सी, ८ चैत । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना स्टार इभान राकिटिक बेच्ने तयारी थालेको छ ।

पछिल्लो समय बेन्चमै सीमित क्रोएशियन डिफेन्डर राकिटिकलाई बेच्नका लागि तयारीमा जुटेको स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोले जनाएको छ ।

sdaf

यसका लागि ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले राकिटिकको मूल्य तोकेको छ ।

उसले राकिटिकको मूल्य १८ मिलियन पाउण्ड तोकेको हो । पछिल्लो समय उनी आफ्नो पूर्वक्लब सेभिल्ला फर्कने मनसायमा रहेको बताइन्छ ।

मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोनाले अबको ट्रान्सफर विन्डोमा उनलाई बेच्ने तरखरमा छ ।

उनलाई लिएर इटालियन क्लब युभेन्टसका साथै इटालीकै इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इच्छा देखाएका छन् ।

युभेन्टसले ३९ मिलियन पाउण्डमा किन्ने तयारी गरेपनि राकिटिकले युभेन्टसको प्रस्तावलाई स्वीकारेका थिएनन् ।

राकिटिक र बार्सिलोनाबीचको सम्झौता आगामी समरमा सकिँदैछ । यस सिजन ३२ वर्षीय राकिटिकले ला लिगामा २१ खेल खेलेका छन् । जसमा उनी गोलबिहीन छन् ।

Loading...