जोखिम न्यूनिकरणको लागि विराटनगरका हाटबजार बन्द

विराटनगर, ८ चैत । विराटनगर महानगरपालिकाले शनिबारदेखि साप्ताहिक हाट बन्द गराएको छ ।

शनिबार विराटनगर बि प्लट र शनिहाटमा बजार लाग्ने रोकेको हो । अब कुनै पनि हाट बजार अर्काे सूचना जारी नभएसम्मलाई हाट बजार बन्द गराएको हो ।

बिहानमा बि प्लटमा भने साप्ताहिक कपडा हाट बन्द गराउन नगर प्रहरीको टोली नै पुगेको थियो ।

कोरोना भाइरस संक्रमणबाट सुरक्षित गर्न विराटनगर महानगरपालिकाले साप्ताहिक हाटबजार नलगाउन आग्रह गरेपछि शनिहाटमा हाट लगाइएन् ।

विराटनगर महानगरपालिका कार्यालय आसपास क्षेत्रमा लाग्ने शनिहाट आजदेखि अनिश्चित कालको लागि बन्द भएको हो ।

Loading...