birat ribon

कोरोनाको जोखिममा युवा पनि

Neuro
कोरोनाको जोखिममा युवा पनि

विराटनगर, ८ चैत । कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन विश्व स्वास्थ्य संगठन डब्लूएचओले आग्रह गरेको छ ।

ज्येष्ठ नागरिकहरुमा कोरोना जोखिम उच्च रहेको पाइएपनि संगठनले युवाहरु पनि जोखिममा रहेकाले सचेत हुन आग्रह गरेको हो ।

cura insider

कोरोना भाइरसका कारण विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् ।

jackson ribon