birat ribon

कोरोना महामारी : इटालीमा एकै दिन ६२७ को मृत्यु

Neuro
कोरोना महामारी : इटालीमा एकै दिन ६२७ को मृत्यु

विराटनगर,८ चैत । कोरोना भाइरस(कोभिड १९) को महामारीका कारण इटालीमा एकै दिन ६२७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

cura insider

कोरोना भाइरसको उद्गम स्थल चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टमा चीनमा ७ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा ५ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन् । चीन पछि बढी प्रभावित बनेको इटालीमा संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ ।

इटाली पछि स्पेनमा कोरोना भाइरसका कारण मृत्युहुने दर बढ्दो छ । स्पेनमा पछिल्लो २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ हजार ४ सय ३३ नयाँ विरामी फेला परेका छन् । स्पेनमा संक्रमितको संख्या २१ हजार ५ सय ५० पुगेको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

अमेरिकामा ५ हजार ७ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५५जनाको मृत्यु भएको छ ।

इरानमा कोभिड १९ संक्रमितको संख्या १९ हजार ६ सय ४४ पुगेको छ भने कोरोनाका कारण १ हजार ४ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

jackson ribon