पत्रपत्रिकामा देश : अत्यावश्यकबाहेकका सेवा २१ चैतसम्म बन्द

विराटनगर, ८ चैत । कोरोना भाइरस संक्रमणको त्रास बढेपछि सरकारले ९ चैत देखि २१ चैतसम्म अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना प्रकोप नियन्त्रणका लागि २१ चैतसम्म अत्यावश्यक बाहेक अन्य सेवा बन्द बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य गरिने बताएको खबर काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकामा छापिएका छन् ।

कोरोना भाइरसको जोखिम बढेपछि भैरहवा र बर्दियामा भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षणका लागि स्वयंसेवी युवा खटिएका छन् । दुई नाकामा स्वास्थ्यकर्मी थोरै भएका कारण युवाहरुले स्वयंसेवा गरिररहेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि भारतसँग जोडिएका खुला सीमा व्यवस्थित गरिने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र भारतका विदेश मन्त्री डाक्टर सुब्रमन्यम जयशंकरबीच कोरोना संक्रमण नियन्त्रणका लागि नाकामा विषेश ध्यान दिने सहमति भएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

Loading...